गौरिकाको नाममा फेरी अर्को स्वर्ण

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् ।

यो गौरिकाको व्यक्तिगत दोस्रो स्वर्ण हो । बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा पनि उनले स्वर्ण पदक जितेकी थिइन् ।

गौरिकाले निर्धारित दूरी २ मिनेट १७.१३ सेकेन्डमा पूरा गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here