हिमालय एयरलाइन्स फेरी उड्ने भयो क्वालालाम्पुर

काठमाडौं, २१ मंसिर । हिमालय एयरलाइन्सले क्वालालाम्पुर उडान पुनः प्रारम्भ गर्ने भएको छ । सरकारले मलेसियाको रोजगारी रोकेपछि यस रुटमा यात्रु घटेका थिए ।

त्यसपछि उडान बन्द गरेको हिमालयले ९ डिसेम्बर २०१९ बाट क्वालालाम्पुर उडान प्रारम्भ गर्न लागेको हो । मलेसिया धेरै नेपाली यात्रु भएको क्षेत्र हो ।

यहाँ नेपाल एयरलाइन्सले राम्रो व्यापार गरिरहेको छ । तर, हिमालयले भने कामदारको माग बन्द भएपछि आफ्नो उडान समेत कटौती गरेको थियो ।

तर, पछिल्लो दुई महिनायता मलेसियाको रोजगारी खुलेको छ । कामदारको आवतजावत बढेको छ । यससँगै कम्पनीले उडान बिस्तार समेत प्रारम्भ गरेको गर्न लागेको हो ।

क्वालालाम्पुरमा साताको दुई उडानको तयारी कम्पनीले गरेको छ । काठमाडौंबाट सोमबार र बिहीबार राती ९ : २० मा उड्ने जहाज भोलीपल्ट बिहान ७ः ५५ बजे काठमाडौं आइसक्ने गरी समय निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here