सबैको लघुवित्तको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २२ मंसिर । सबैको लघुवित्त वित्तीय संस्थाको तेश्रो बार्षिक साधारण सभा मंसिर २१ गते शनिवार तनहुँमा सम्पन्न भएको छ ।

आ.ब. २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु.१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गरे पश्चात् संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ ।

सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

साथै उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् ।

सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य ‘घ’ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here