एडीबीले पूर्वाधार र कृषिमा सहयोग बढाउने

काठमाडौं, १२ चैत । एशियाली विकास बैंक (एडीबी)ले नेपालको पूर्वाधार र कृषि विकासमा सघाउने प्रतिवद्धता दोहोर्याएको छ ।

सरकारको प्राथमिकताअनुसार भौतिक पूर्वाधारको विकास, खासगरी पूर्वपश्चिम राजमार्गको स्तरोन्नति, मेलम्ची खानेपानी दोस्रो आयोजनाको कार्यान्वयन, ऊर्जा विकास, पर्यटन पूर्वाधार र कृषि विकासका क्षेत्रमा सहयोग बढाउँदै जाने उसले प्रतिवद्धता व्यक्त गरेको छ ।

लगानी सम्मेलनमा भाग लिन नेपाल आएका बैंकका उपाध्यक्ष चेन चेनले बुधवार अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

निजीक्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंसा गर्दै चेनले यो सरकारसँग राजनीतिक स्थिरता दिन सक्ने र विकासका लागि काम गर्न सक्ने अवसर रहेको बताए ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले सरकारका नीतिका बारेमा चेनलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here