सागको समापन हेर्न टिकट,फूटबल फाइनलको टिकट मूल्य दोब्बर बढ्यो

काठमाडौं, २३ मंसिर । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले साग फूटबल फाइनलको टिकट मूल्य दोब्बरले बढाएको छ।

रङ्गशालाकै प्याराफिटमा गएर साग फूटबलको फाईनल हेर्न चाहने दर्शकले अब सामान्य ग्यालरीका लागि एकहजार रुपैयाँ र भीआईपी ग्यालरीका लागि दुई हजार रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ।

सागको टिकट बच्ने जिम्मेवारी लिएको ई–सेवाले हाल समापन र फुटबलसँगै हुने भन्दै टिकटको बुकिङ खोलिरहेको छ ।

यही टिकट प्रयोग गरी दर्शकले सागको समापन समारोह समेत अवलोकन गर्न पाउनेछन्। रङ्गशालामा दर्शको अत्याधिक चापलाई व्यवस्थित गर्न टिकटको मूल्य बढाइएको अनुमान छ।

मंगलबार दिउँसो तीन बजे दशरथ रङ्गशालामा नेपाल र भुटानबीच साग फूटबलको फाईनल खेल हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here