टिकटक विरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिने गरेका छन् ।

चिनियाँ इन्टरनेट प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटक पछिल्लो समय लोकप्रियताको चुलिमा पुगेको छ ।

सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको टिकटक धेरै डाउनलोड हुने एप बन्न पुगेको छ । तर गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ ।

टिकटकलाई प्रयोग कर्ताको सहमति बिना उनीहरुको व्यक्तिगत सूचना जम्मा गर्दै सबै सूचना चीन पठाएको आरोप लागेको छ ।

टिकटकले गोप्य रुपमा भारी परिमाणमा निजी र व्यक्तिको पहिचान खुल्ने खालका प्रयोगकर्ता डेटा थेपारेर चीन पठाएको छ,गत हप्ता क्यालिफोर्निया अदालतमा दायर भएको मुद्दामा भनिएको छ ।

डेटाले प्रयोगकर्ताको पहिचान,प्रोफाइल खुल्न सक्ने र यसले अमेरिकी प्रयोगकर्तालाई अहिले र भाविष्यमा समेत पछयाउने समेत सक्ने आरोप मुद्दामा लगाइएको छ ।

डेटा चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र अनलाइन कम्पनी अलिबाबा समर्थित दुई सर्भरमा पठाइएको बताइएको छ ।

टिकटकले गोप्य रुपमा निजी डेटा संकलन गरेर उपभोक्ता लक्षित विज्ञापनमा प्रयोग गरी निकै धेरै आम्दानी र मुनाफा कमाएको आरोप समेत मुद्दामा छ ।

यस विषयमा कम्पनीले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । अमेरिकामा टिकटक निकै लोकप्रिय छ ।

विश्वभर टिकटकमा ५० करोड भन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेको बताइएको छ । तर, कानुनमा यस्तो कार्य गर्नु दण्डनीय भएको कारण यस विषयमा थप प्रमाणहरु जम्मा हुँदै गर्दा कम्पनी अप्ठेरोमा परेको छ ।

अमेरिकी सञ्चार माध्यमहरुले पनि यदी यो कुरा सत्य हो भने ती सूचनाहरु अमेरिकाको लागि घातक साबित हुने बताउँदै आएका छन् । यस्ता सूचनाहरुको प्रयोग चीन जुनसुकै काममा पनि प्रयोग गर्नसक्ने उनीहरुको दाबी छ ।

यी हुन् टिकटक बिरुद्ध मुद्दा हाल्ने नारी

क्यालिफोर्नियाको एक यूनिभरसिटीमा अध्ययनरत मिस्टी हाँन्ग नाम गरेका एक महिलाले टिकटक बिरुद्ध मुद्दा हालेकी हुन् ।

हाँन्गले आफ्नो निवेदनमा भनेकी छिन् कि उनले एक महिना अघि टिकटक इन्स्टल गरेकी थिईन् तर त्यसमा आफ्ना अकाउन्ड भने बनाएकी थिईनन् ।

उनको आराप छ कि एक महिना पनि कम्पनीले उनको अकाउन्ड आफै बनाइदियो र उसका ती व्यक्तिगत भिडियो पनि राखिदियो जसलाई ऊ बाहिर ल्याउन चाहँदिन थिईन् ।

एक अध्ययन अनुसार यी सम्पुर्ण व्यक्तिगत सूचना चीनको टेनसेट र अलीबाबा जस्ता सर्वहरुलाई दिएको अनुमान गरिएको छ ।
यस विषयमा टिकटकले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।

कारबाही होला ?

यदी टिकटकको बिरुद्धको यो आरोप सत्य भएमा टिकटक कारबाहीमा पर्छ । कानुन अनुसार व्यक्तिगत सुचना कुनैपनि कम्पनी वा सेवा प्रदायक सर्भरहरुलाई दिन पाईदैन् ।

यो भन्दा अघि यस्तै अवस्थामा सामाजिक सञ्जाल फेसबुक बिरुद्ध पनि कारबाही अएको थियो ।

फेसबुकले व्यक्तिगत सूचना लिएको केशमा मार्क जुकवर्कले स्पष्टिकरण दिनुका साथै मिलियन रकम जरिवाना पनि तिर्नु परेको थियो । बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here