शेयर बजारमा उछाल, नेप्से साढे १३ अंकले बढ्दा साढे ४६ करोडको कारोबार

काठमाडौं, २३ मंसिर । सोमवार शेयर बजारमा उछाल देखिएको छ । नेप्से परिसूचक १३.५१ अंकले बढेर १ हजार १ सय ४८.८९ अंकमा पुगेको छ । यो आइतवारको तुलनामा १.१९ प्रतिशत बढी हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेनसेटिभ इन्डेक्स २.६५ अंकले बढेर २ सय ५३.१७ अंकमा पुगेको छ । यो संख्या आइतवारको तुलनामा १.०६ प्रतिशत बढी हो ।

सोमवार अन्य र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो ।

सोमवार सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक ३.८१ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको ३.६१ प्रतिशत, लघुवित्तको ३.२३ प्रतिशत, विकास बैंकको १.८३ प्रतिशत, जलविद्युतको १.८१ प्रतिशत, उत्पादन समुहको १.३४ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सोमवार कारोबारमा पनि निकै सुधार भएको छ । सोमवार १ सय ७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर किनबेच हुँदा ४६ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै सम्मीट लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सम्मीट लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, नदिप लघुवत्तको पनि १० प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रो अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नबील इक्वीटी फन्डका शेयर धनी छन् । नबील इक्वीटीको शेयर मूल्य ५.७४ अंकले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार नबील बैंकले गरेको छ । बैंकले २ करोड ३० लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here