त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा पीच फेरिँदै, १४ घण्टा मात्र उडान हुने

नेपाल वायुसेवा निगमले यसरी मिलायो व्यवस्थापन 

काठमाडौं, १४ चैत । आगामी चैत १८ देखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक १४ घण्टा मात्र संचालनमा आउनेछ ।

अहिले दैनिक २१ घण्टा संचालनमा रहेको यो विमानस्थलको धावनमार्गको पीच नयाँ फेर्न लागिएको छ । सोहीकारण दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ ।

यो काम तीन महिनासम्म जारी रहनेछ । विमानस्थल व्यवस्थापनका अनुसार बिहान ८ बजेदेखि राती १० बजेसम्म मात्र विमानस्थल खुला रहँदा अहिले यस विमानस्थलबाट सेवा दिइरहेका कम्पनीको उडानमा असर पर्नेछ ।

विमानस्थल व्यवस्थापनका अनुसार तीन महिना अवधिका लागि नयाँ उडान तालीका बनाइएको छ । जसअनुसार केही कम्पनीको उडान कटौती हुन सक्छ । तर, नेपाल वायुसेवा निगम हुँदै यात्रा गर्ने यात्रुका लागि भने खासै असर देखिदैन ।

नेपाल वायुसेवा निगमको नयाँ उडान तालिका

नेपाल एयरलाइन्सका अनुसार दुबईमा कम्पनीले विमानस्थल नै परिवर्तन गरेको छ । साविकमा दुवई इन्टरनेशनल एयरपोर्टबाट उडान गरिरहेको कम्पनीले दुबई वल्र्ड सेन्टर विमानस्थलमा उडान गर्नेछ ।

न्यारोबडी जहाज ए३२० बाट दिल्ली, बम्बई र बंैककमा हुने उडानमा कुनै परिवर्तन गरिएको छैन । वाइडबडी जहाजबाट हुने दिल्ली उडानको समय परिवर्तन भएको छ ।

मलेसियाको उडान साविकभन्दा एक दिन पछाडी सारिएको छ । हङकङ, बैंलौर र दोहाको उडानमा समयमा मात्र भेरफेर गरिएको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here