कामना सेवा विकास बैंकको एकैपटक दुई नयाँ शाखा विस्तार

काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैपटक दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले प्रदेश नं. १ मा उदयपुर जिल्लाको त्रियुगा र प्रदेश नं. २ मा सप्तरी जिल्लाको राजविराज नगरपालिकामा नयाँ शाखा विस्तार गरेको हो ।

नयाँ शाखाको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा गरिएको थियो ।

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी दिए ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी दुई सहित ७७ वटा शाखा कार्यालय र ३२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here