अविवाहित जोडी होटेलको एउटै कोठामा बस्नु अपराध होइन : अदालत

भारतको मद्रास हाइकोर्टले अविवाहित जोडी एउटै कोठामा पाहुनाका रुपमा बस्नु अपराध नभएको फैसला गरेको छ ।

दुई बालिग व्यक्ति लिभिङ रिलेसनमा रहनु अपराध नभएको र उनीहरु एउटै कोठामा बस्दासमेत अपराध गरेको नमानिने फैसला गरेको हो ।

मद्रास हाइकोर्टका न्यायाधिस एमएस रमेशले एक फैसलामा भनेका छन्, प्रत्यक्ष रुपमा अविवाहित महिला र पुरुष होटेलको एउटै कोठामा बस्न कुनै पनि कानूनले रोक लगाउँदैन ।

एक अपार्टमेन्टबारे परेको रीटमा सुनुवाई गर्दै अदालतको यस्तो फैसला आएको हो ।

उक्त अपार्टमेन्टमा छापा मार्दा अविवाहित जोडी आपत्तीजनक अवस्थामा भेटिएपछि अविवाहित जोडी होटेलका कोठामा बस्ने नपाउने माग गर्दै रिट दायर भएको थियो ।

अदालतले भने यस्ता जोडीलाई होटेलमा बस्न नपाउने खालको कुनै कानून नभएको स्पष्ट पारेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here