कारवाहीमा रहेका बिमल सहित चार खेलाडीले ‘ए’ डिभिजन लिग पनि खेल्न नपाउने

काठमाडौं, २७ मंसिर । डिस्कोमा गएको भन्दै कारवाहीमा रहेका बिलम घर्तिमगर सहित चार जना युवा खेलाडीले ‘ए’ डिभिजन लिग खेल खेल्न नपाउने भएका छन् ।

‘आखिल फुटबल संघ’ अन्फाको आयोजनमा ४ वर्षपछि हुन् लागेको ‘ए’ डिभिजन लिगमा चर्चित फुटबलर बिमल घर्तिमगर,अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी खेल्न नपाउने भएका हुन् ।

यस बिसयमा छानबिन भइरहेको र समितिको निर्णय नआए सम्म बिमल घर्तिमगर,अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीले कुनै पनि लिग खेल्न नपाउने एन्फाले बताएको छ ।

विश्वकप छनोट र १३ औं सागको प्रशिक्षणमा रहेका यी ४ जना खलाडीहरु राति भागेर ठमेल र दरबारमार्गका विभिन्न डान्सबार र डिस्को पुगेका र डान्सबार पुगेर झगडा गरेको कुरा पनि खुल्न आएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्ने र प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here