लुटिँदै छ युवायुवतीको निन्द्रा, हुँदै छन् ‘टेक्नोफेरेंस’को शिकार

प्रविधिको विकाससँगै हरेकको हातहातमा मोबाईल फोन पुगेको छ ।

मोबाईल फोनले हाम्रो दिनचर्यामा धेरै सहयोग गरेको छ तर यसको फाइदा मात्रै छैनन् । यसको अत्यधिक प्रयोगले हामीलाई हानी पनि गर्न सक्छ ।

हालसालै भएको एक अध्ययनले मोबाईल फोनको धेरै प्रयोगले किशोरकिशोरीको निन्द्रा लुटेको तथ्य पत्ता लगाएको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीले गरेको उक्त अध्ययनमा सहभागीमध्ये हरेक ५ जनामा १ महिला र हरेक ८ जनामा १ पुरुषले मोबाईल फोनमा धेरैसमय बिताउने बानीको कारणले उनीहरुलाई कम निन्द्रा लाग्ने गरेको स्विकार गरेका छन् ।

यस्ता किशोर किशोरीहरुको संख्या लगातार बढ्दैै छ । १८ देखि २४ बर्षसम्मका लगभग आधा युवायुवतीले मोबाईल फोनको कारणले उनीहरुको काममा पनि असर पारिरहेको छ ।

वैज्ञानिकहरुले यस्तो समस्यालाई ‘टेक्नोफेरेंस’ नाम दिएका छन् ।

यो यस्तो स्थिति हो जसमा मोवाइल फोन प्रयोगको कारण दिनचर्यामा नराम्रो असर पर्छ । ‘टेक्नोफेरेंस’को शिकार युवायुवतीहरुको संख्या लगातार बढिरहेको छ ।

उक्त अध्ययन अनुसार २४ प्रतिशत महिला र १५ प्रतिशत पुरुषमा मोबाइल फोन प्रयोगको खराब असर परिरहेको छ ।

त्यतिमात्र हैन १८ देखि २४ वर्ष उमेरका ४०.९ प्रतिशत युवायुवती ‘टेक्नोफेरेंस’को शिकार छन । त्यसैगरि २५ देखि २९ वर्षसम्मका २३.५ प्रतिशत युवायुवती ‘टेक्नोफेरेंस’को शिकार भएको अध्ययनले बताएको छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here