यूरोपबाट घट्दो पर्यटक आगमनमा इयू कालोसूचिको प्रभाव कति ?

काठमाडौं, २९ मंसिर । यूरोपेली यूनियनले फेरी पनि नेपाली हवाई सेवालाई प्रतिवन्धको सूचिमा निरन्तरता दिएको छ । यो प्रतिवन्ध आगामी ६ महिनासम्म निरन्तर रहने छ ।

नेपाल यूरोपेली यूनियनको प्रतिवन्धमा परेको ६ वर्ष पुगिसकेको छ । यसबीचमा नेपालले हवाई सुरक्षा र नियमनमा ठूलो परिवर्तनको दावि गरेको छ । तर, यूरोपेली यूनियनको नेपालको यस दाविमा सहमत छैन ।

त्यसकारण उसले निरन्तर नेपालाईलाई कालोसूचिमा राखिरहेको छ । यसले अन्ततः नेपाल आउने पर्यटक आगमनमा ठूलो असर गरिरहेको छ ।

तथ्यांक अनुसार सन् २०१९ को १० महिनामा यूरोपबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा मात्र ०.३ प्रतिशतले बढेको छ ।

यसअवधिमा कूल १ लाख ९९ हजार ३ जना पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष यस अवधिमा १ लाख ९८ हजार ४ सय ९३ जना पर्यटक नेपाल आएका थिए ।

यूरोपबाट सबैभन्दा धेरै पर्यटक बेलायतदेखि आउँछन् । यसअवधिमा बेलायती पर्यटक नै घटेका छन् । यस वर्ष ५० हजार ३ सय ९३ बेलायती पर्यटक नेपाल आएका छन् ।

अघिल्लो वर्ष ५० हजार ५ सय १ जना पर्यटक नेपाल आएका थिए । यूरोपको कालोसूचिले त्यहाका पर्यटकबीचमा नेपाली हवाई सेवा प्रति नकारात्मक धारणा फैलिएको छ ।

जसले गर्दा नेपालले अपेक्षित पर्यटक भित्राउन सकेको छैन । यता सरकारका उच्च अधिकारीहरु भने नेपाल नागरिक उड्डयन ऐन नआएसम्म नेपाल यूरोपको कालोसूचिमा परिरहने तर्क गर्छन् ।

ऐन मन्त्रीपरिषद्मा दर्ता भएको छ, अब आगामी दिनमा यूरोपले नेपाललाई कस्तो व्यवहार गर्छ, त्यसले पर्यटक आगमन निर्भर रहने छ ।

किनकी सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाइरहँदा २० लाख पर्यटकको लक्ष्य पुरा गर्न यूरोपको अझ ठूलो भूमिका रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here