महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई संवोधन गर्दैै महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र महिला उद्यमशीलता विकास विस्तार गर्न वित्तिय संस्थाहरूको सहयोग अपरीहार्य रहने हुंदा महासंघ र सनराइज बीचको सहकार्यमा भएको यस कार्यक्रमले निकै ठूलो सहयोग पु¥याउने र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले कार्यक्रमको महत्व हेरेर महासंघले बैंकको सहकार्यमा सातै प्रदेशमा यस प्रकारको कार्यक्रम लैजाने र बैंकले उद्यमी व्यवसायीहरूलाई उपलव्ध गराउने बैंकिङ कर्जा÷सहुलियतका विषयमा हाते पुस्तिका समेत प्रकाशन गर्ने बताइन् ।

महासंघका महानिर्देशक धरणीधर खतिवडाले आर्थिक रूपमा महिलालाई शसक्तिकरण गर्न नसकेसम्म एउटा घर, समाज र राष्ट्र समुन्नत हुन नसक्ने हुंदा महिलाको आर्थिक सशक्तीकरणमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका विजनेश बैकिङ विभागका प्रमुख हरिप्रसाद आचार्य र व्यापार भुक्तानी विभागका प्रमुख विष्णु प्रसाद उप्रेतीले महिला उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा सम्बन्धी प्रस्तुती दिएका थिए ।

कार्यक्रममा करिव ५० जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here