नाडाको अध्यक्षमा दुलाल, सबै कार्यसमिती निर्विरोध

काठमाडौं, २९ मंसिर । नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा कृष्ण प्रसाद दुलाल सहित १८ जना कार्यसमिती सदस्य निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षका अर्का प्रत्याशी प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल नै सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। नाडाको ४३ औं वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचन यही पुस ४ गते हुँदैछ ।

नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ ।

उपाध्यक्षसहितका अन्य पदाधिकारीको टुंगो भने पुस ४ गते नै हुने जनाईएको छ । दुलालसगँ नाडाको सदस्य, कोषध्यक्ष, महासचिव, उपाध्यक्ष सम्हालिसकेका अनुभव छ।

यी हुन् नाडाका सर्वसम्मत पदाधिकारीहरु

अध्यक्ष : कृष्ण दुलाल

सदस्यहरु
१ करण कुमार चौधरी
२ आकाश गोल्छा
३ सुनिल रिजाल
४ अनुप कुमार बराल
५ सुरेन्द्र कुमार उप्रेती
६ विक्रम सिंहानिया
७ राजनबाबु श्रेष्ठ
८ निराकार श्रेष्ठ
९ अभीक ज्योति
१० मिलन बाबु मल्ल
११ दीपक कुमार अग्रवाल
१२ सुरज भट्टराई
१३ पंकज अग्रवाल
१४ निलमणि पाठक

जिल्ला सदस्यहरु
१ ध्रुव बहादुर थापा
२ सुवास आचार्य
३ नवराज डल्लाकोटी
४ ऋषि कुमार ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here