फाईभ पिमा भित्रने प्रविधिहरुको प्रदर्शनी पुष ४ गतेबाट भृकुटीमण्डपमा

काठमाडौं, २९ मंसिर । नेपाल फाईभ पि नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी प्रदर्शन र संवाद हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्समा आज आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरको पी एच डी चेम्बर सँग समझदारी पत्रमा हस्ताक्षर भई सहकार्य भएकाले मेलामा जिल्ला चेम्बरको सहभागिता हुने जानकारी दिए ।

उनले नेपाल इन्डिया सेन्टरको स्थापना पछि चेम्बरले यस किसिमका क्रियाकलपाहरुले थप प्रोत्साहन सहित सूचना प्राप्त गरि द्धिपक्षिय व्यापार , लगानी प्रबद्र्धनमा समेत यो मेलाले ठोस अवसर प्राप्त गरिनुपर्नेमा जोड दिए ।

पिएचडी चेम्बर अफ कमर्सका प्रिन्सिपल डाइरेक्टर नविन सेथले नेपाल सार्क क्षेत्रमा दु्रत गतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं सँख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता बीचको सिधा सम्पर्क प्रवद्र्धन गर्न आयोजकले विश्वास लिएको बताए ।

नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढी कम्पनीहरुले चाईना, ताईवान, जर्मनी इटाली र नेपालका अन्य ५० कम्पनीहरु प्रदर्शनीमा सहभागिता जनाउने बताईएको छ ।

छिमेकी मुलुकहरुबाट मात्र नभई यूरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शनहरुको सहभागिता रहने छ ।

यस प्रर्दशनीमा प्रोसेसिङस मेसिनरी उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बि बकक, इन्डक्सन, मोल्डिङ् मेसिन, प्रिन्टिङ मेसिन, टेप प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी , प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाई मेसिनका उत्पादकहरु, प्याकेजिङ मेसिनरी, यार्प फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेट बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहने छ ।

सप्लायर्स र उत्पादकहरुको माझा मञ्च मात्र नभएर नेपाल फाइभ पिले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु¥याउन संसारभरीका उत्कृष्ठ प्रविधि र प्रयासहरुलाई भित्र्याउने अपेक्षा आयोजकहरुको छ ।

प्रदर्शनी पुष ४ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here