बहु प्रतिक्षित एल क्लासिको बुधबार राति,यस्तो छ पछिल्ला खेलको रेकर्ड

काठमाडौं, २ पुस । स्पेनिस ला लिगा अन्तर्गत बहु प्रतिक्षित एल क्लासिकोमा बुधबार राति दुई माहारथी बार्सीलोना र रियल मड्रिड एक आपसमा भिड्दै छन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुँदैछ ।

गत महिना नै हुनु पर्ने प्रतिस्पर्धा क्याटालोनिया क्षेत्रमा भएको गिरफ्तारीले स्थगित भएको थियो । रियल बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लने दाउमा मैदान उत्रदैछ भने बार्सिलोना घरेलु मैदानको फाइदा उठाउने योजनामा रहेको छ ।

एल क्लासिकोको भिडन्त पछिल्लो पटक गत मार्च १९ मा भएको थियो। सो खेलमा बार्सिलोनाले रियलको मैदानमा १–० को जित निकालेको थियो।

यस्तो छ पछिल्लो ५ खेलको नतिजा

बार्सिलोनाविरुद्धका पछिल्ला ५ ला लिगाका भिडन्तमा रियलले जित निकाल्न सकेको छैन। ५ खेलको नतिजा अनुसार बार्सिलोनाले ३ खेलमा जित हात पारेको छ भने २ खेल बराबरीमा सकिएको छ ।

१६ खेल खेलेको बार्सिलोना ११ जित २ बराबरी र ३ हारसँगै ३५ अंक सहित बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । उता समान अंक भएको रियल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

एल क्लासिकोका सबैभन्दा बढी गोलकर्ता बार्सिलोनाका लिओनल मेसीले पछिल्ला तीन खेलमा गोल वा एसिस्ट गर्न सकेका छैनन्। मेसीले रियलविरुद्ध अहिलेसम्म २६ गोल गरिसकेका छन्।

खेलमा रियलका कप्तान सर्जियो रामोसले एल क्लासिको बढी खेल्ने रेकर्ड बनाउन सक्नेछन्। बुधबार उनले मैदान उत्रिएमा उनको एल क्लासिको खेल संख्या ४३ पुग्नेछ। उनले यसअघि नै मनोलो सान्चित फ्रान्सिस्को गेन्टो र जाभीको नाममा रहेको ४२ खेलको रेकर्ड बराबरी गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here