रिचार्ज गर्न टेलिकमको नयाँ प्रविधि, ६ वटा पिन नम्बर नै पर्याप्त !

काठमाडौं, २ पुस । नेपाल टेलिकमले रिचार्ज गर्नको लागि नयाँ प्रविधि ल्याएको छ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई रिचार्ज कार्ड कोट्याउने क्रममा पिन नम्बर मेटिएको अवस्थामा सहजरुपमा रिचार्ज गर्न सक्ने सुविधा सुरु गरेको हो ।

यस अघि रिचार्ज कार्ड कोट्याउँदा पिन नम्बर मेटिएमा सधैं टेलिकमको कार्यलय पुग्नु पर्ने बाध्यता थियो । काउण्टरमा उक्त कार्डको जाँच गरेपछि मात्रै टेलिकमले नयाँ कार्ड उपलब्ध गराउने गरेको थियो।

तर, अब भने ग्राहक आफैले कम्पनीको वेबसाइटबाटै त्यस्तो समस्या सल्टाउन सक्नेछन् । रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन्।

यसरी गर्नुहोस् रिचार्ज

त्यसका लागि सुरुमा नेपाल टेलिकमको वेबसाइट मा जानु पर्ने छ। त्यहाँ ‘पिन रिकभरी‘ अप्सन दिइएको छ। उक्त अप्सनमा गएर त्यहाँ मागिएको तथ्याङ्क भरी आफ्नो मोबाइल रिचार्ज गर्न सकिने छ।

त्यसका लागि कार्डको सिरियल नम्बर भने आवश्यक हुन्छ। ग्राहकले वेबसाइटमा गएर रिचार्ज कार्डको सिरियल नम्बर, १६ अंकको रिचार्ज कार्डको पिनमध्ये बाँकी रहेको (कम्पीमा ६ वटा) देखिएका छन् भने पनि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्छ । यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै pinrecovery.ntc.net.np मा लग अन गर्नुपर्छ ।

रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘*’ चिन्ह राख्नुपर्छ।

जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७८**१२**५* संरचना बमोजिम राख्नुपर्ने टेलिकमले जनाएको छ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ ।

कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ । यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्था पश्चात हटेको छ ।

काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ । वेबसाइटबाटै ग्राहकले आफंै नै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै नै सहज हुने अपेक्षा गरिएको छ ।

भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here