कस्ता-कस्ता क्रिम धेरै बिक्री हुन्छन् ?

काठमाडौं । सौन्दर्यका लागि हामी बिहान घरबाट बाहिर निस्कने बेला पनि अनुहारमा क्रिम लगाउँछौं भने राति सुत्ने बेलामा पनि क्रिम लगाएर सुत्छौं ।

दिउँसो घाममा निस्किएको बेला छालालाई प्रदूषण, तथा घामको किरणले समेत हामी पुर्‍याउन सक्छ भनेर बढि मात्रमा क्रिमको प्रयोग गरिन्छ ।

विशेष गरी महिलाहरुले श्रृंगारका सामाग्री लगाएर सुन्दर बनेर हिड्न रुचाउँछन् । राम्रो देखिनका लागि प्रयोग भएका वस्तुहरु विदेशबाट आउने गर्छन् ।

नेपालमा वार्षिक ३ अर्ब ३० करो रुपैयाँ भन्दा धेरै रकमको क्रिमहरु विदेशबाट आयात हुने गरेको छ । यसमा पनि विभिन्न नाम र ब्राण्डमा क्रिमहरु नेपालमा आउछन् ।

त्रिपुरेश्वर स्थित भाट भटेनीमा काम गर्ने मेरीना लामा भन्छिन् ‘सबैको आ—आफ्नै रुची हुन्छ, कसैलाई कुन क्रिम मन पर्छ, कसैलाई कुन, तर धेरैजसो मानिसहरु निभीया, हिमालयन र जोनसन क्रिम नै प्रयोग गर्छन् ।’

यसका साथै विगत लामो समयदेखि सुनधारा स्थित सिभील महमा कस्मेटीक सामग्रीको पसल सञ्चालन गरेका उदय कुमार थापाका अनुसार नामै तोकेरै किन्न आउने मानिसहरुको संख्या भने कमै छ ।

‘नामै तोकेर आउने मानिसहरु त कमै छन्’ उनले भने, ‘बडी लोसनले गर्ने काम उस्तै हो, मानिसहरु आउछन् हेर्छन् आफूलाई मन परेको छानेर लैजान्छन्, यो तस्तो, त्यो यस्तो कमै मात्र मानिसहरुले भन्छन् ।’

छालाको सुरक्षा सबैलाई आवश्यक

जाडो मौसममा छालाको सुरक्षा केटा—केटी, युवा—यूवती तथा वृद्ध—वृद्धा सबैलाई आवश्यक भएको कुरा काठमाडौं महल स्थित फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले बताइन् ।

‘यो मौसममा छालाको सुरक्षा सबैलाई आवश्यक हुन्छ’ उनले भनिन्, ‘त्यसकारण छालाको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।’

जाडोमा यसरी देखिनुहोस सुन्दर र स्वस्थ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here