कियाको ‘मिड-एसयुभी सेल्टोस’ नेपालमा, मूल्य कति ?

काठमाडौं, ४ पुस । दक्षिण कोरियाली कम्पनी कियाको मिड—एसयुभी सेल्टोस नेपालमा सार्वजनिक भएको छ ।

शुक्रवार नेपालको लागि नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस सार्वजनिक गरेको हो ।

कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको थियाे । भारतीय बजारमा प्रवेश गरेको १० दिनमै नेपाल भित्र्याइएको कन्टिनेन्टलले जनाएको छ ।

के—के छ विशेषता ?

सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी—कट स्टेरिङ, युभी ग्लास जस्ता प्रमुख विशेषताहरु यसमा रहेका छन् ।

यसका साथै, सुरक्षाको रुपमा पनि सेल्टोस उपयोगी र परपर्दो रहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राजेज कम्पनीका प्रमुख सुहृद घिमिरेले बताए ।
‘किया सेल्टासमा सुरक्षाको लागि सबैभन्दा धेरै काम गरिएको छ’ उनले भने, एयर प्युरिफायर देखि कारको बनावटमा सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।’

कति पर्छ मूल्य ?

किया मिड—एसयुभी सेल्टोसधको नेपाली बजारमा सुरुवाती मूल्य ४९ लाख ९० हजार तोकिएको छ । यसका साथै मोडल अनुसार मूल्य पनि फरक फरक रहेको छ ।

सेल्टासको मूल्य ४९ लाख ९० हजार देखि ८० लाख रुपैयाँ सम्म रहेको छ । नेपाली बजारमा उपलब्ध भेरियन्टको आधारमा मूल्य निर्धारण गरिएको कम्पनीले बताएको छ ।

यस्तो छ मूल्यः

क्र.सं. गाडीको नाम (सेल्टोस) मूल्य
१. एचटिके ४९ लाख
२. एचटिके प्लस ५७ लाख ९० हजार
३. एचटिएक्स ५९ लाख ९० हजार
४. एचटिएक्स प्लस ६६ लाख ९० हजार

लञ्च हुन अघि नै झण्डै ३२ हजार कार बुक

कम्पनीका अनुसार सेल्टोस भारतमा सबैभन्दा धेरै मन पराइएको कार हो । भारतमा किया मिड—एसयुभी सेल्टोसको लागि बकिङ्ग खुलेको पहिलो दिन नै ६ हजार ४६ वटा कार बुक भएको कम्पनीको दाबी छ ।

यसका साथै सार्वजनिक हुनभन्दा अघीसम्म ३१ हजार ७ सय ८६ वटा कारहरु बुकिङ्ग भएको र सार्वजनिक भएको एकै दिन भारतमा ६ हजार २ सय सेल्टोस बिक्री भएको थियो ।

सेल्टास खैरो, सेतो, रातो, निलो, सिल्भर, सुन्तला आदी रंगहरुमा उपलब्ध हुने पनि कम्पनीले बताएको छ । उपत्यकामा गौरीधारा, महाराजगंज, जावलाखेल र बालाजु आदी स्थानबाट सेल्टोस उपलब्ध कम्पनीले बताएको छ ।

केन्टिनेन्टलले विगत ३० वर्षदेखि कियाका गाडी नेपालमा बिक्री गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here