दोधारा-चाँदनी क्षेत्रका १६ सीमा स्तम्भ गायब !

पप्पु गुरुङ,दोधारा,५ पुस । कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका १६ वटा नेपाल भारत सीमा स्तम्भ वर्षौदेखि गायब पारिएको छ । महाकाली नदी पारी रहेको दोधारा–चाँदनी क्षेत्रमा रहेका नेपाल भारत सीमा स्तम्भमध्ये १६ वटा सीमा स्तम्भ गायब परिएका हुन् ।

दोधारा चाँदनी क्षेत्रमा मुख्य १६ र सहायक ४४ गरी जम्मा ६० वटा सीमा स्तम्भ थिए । तर वर्षौदेखि सो क्षेत्रका १६ सीमा स्तम्भ गायब जस्तै पारिएको छ ।

दोधारा–चाँदनी क्षेत्रमा रहेका ६० सीमा स्तम्भमध्ये हाल ३३ वटा मात्र रहेको दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्ट (बिओपी) का प्रहरी निरीक्षक राम सिंह धामीले बताए ।

‘यो अहिलेको समस्या होइन, वर्षौदेखि आधा सीमा स्तम्भ मात्र छन् ।’ प्रहरी निरीक्षक धामीले भने, ‘हाल बिओपी स्थापना भए पश्चात् भने सीमाको समस्या आएको छैन ।’

उनका अनुसार दोधारा–चाँदनी क्षेत्रमा रहेका ६० सीमा स्तम्भ मध्ये हाल ३३ मात्र रहेका छन् । बाँकी सीमा स्तम्भहरु केही पानीमा हराएको, फेला नपरेको तथा निर्माण नभएको भन्दै विभिन्न शीर्षकमा शसस्त्र प्रहरीले राखेको छ ।

तथ्याङ्क अनुसार सो क्षेत्रमा रहेका १६ मुख्य स्तम्भहरुमध्ये हाल १२ मात्र रहेका छन् भने एक पानीमा हराएको र तीन फेला नपरेको जनाइएको छ ।

यस्तै ४४ सहायक सीमा स्तम्भमध्ये २१ हाल छन् भने ११ वटा हालसम्म पनि निर्माण भएका छन् । १० सहायक स्तम्भ पानीमा हराएको र २ फेला परेका छैनन् ।

२०७० फागुन ७ गते दोधारा–चाँदनी स्थित बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको थियो । सीमामा पोष्ट स्थापना भए पश्चात् सशस्त्र प्रहरीले नियमित गस्ती गरिरहने गरेको र हाल सीमा अतिक्रमण तथा सीमामा केही विवाद नरहेकोे दाबी छ ।

एसएसबीहरुसँग बेला बेलामा छलफल हुने गरेको प्रहरी निरीक्षक धामी बताउँछन् । ‘सर्वे टोलीले सीमा निर्धारण गर्दछ । यसको बारे कुरा भएको छ । सीमा निर्धारणका लागि हामीले टोलीलाई आग्रह गरेका छौँ ।’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here