‘पुँजीमा परिवर्तन गर्न सके समाज परिवर्तन हुन्छ’- नगर प्रमुख सुनार

पप्पु गुरुङ्ग, दोधारा,५ पुस । उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र दोधाराको २१ औं वार्षिक साधारण सभा माहाकाली नगरपालिकामा सम्पन्न भएको छ ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको प्रमुख आतिथ्यमा संचालन भएको वार्षिक साधारण सभाका सभापती उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड संचालन समिति सदस्य प्रेम सिंह भाँट रहेका थियो भने, विशिष्ठ अतिथीमा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दै सहकारीलाई उत्पादन पुँजीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए । उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र दोधाराको २१ औं वार्षिक साधारण सभा बोल्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले यस्तो बताएका हुन् ।

माहाकाली नगर क्षेत्रमा कतिपय सहकारी संस्थाहरु लथालिङ्ग भएको अवस्थामा सहकारीलाई व्यवस्थीत बनाउन आवश्यक रहेको नगर प्रमुख सुनारको भनाई रहेको छ् । सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सजक भएर संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए ।

माहाकाली नगरपालिका क्षेत्रमा उदयदेब बहुउद्धेश्यीय सहकारी संस्थाले सकारात्मक कार्य गर्दै आएको बताउदै आगामी दिनहरुमा समेत राम्रो कार्यको अपेक्षा आफुले राखेको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको भनाई रहेको छ् ।

वार्षिक साधारण सभामा संस्थालाई पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै उत्कृष्ठ ५ समुह र ६ जना समुहका सदस्यहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र दोधाराका प्रमुख त्रिलोक चन्दले बताएका छन् ।

यस्तै उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध भएका सदस्यहरुको ३ जना नानीहरु सुष्मीता सुनार, दिक्षा थापा र रेजिना सिंहलाई उनिहरुको पठन पाठनका लागी प्रोत्साहन स्वरुप झोला तथा स्टेशनरी समेत प्रदान गरेको उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र दोधाराका प्रमुख त्रिलोक चन्दले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले आफ्नो मन्तब्य व्यक्त दिदै लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पुँजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरेर उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था नगरपालिका क्षेत्रको न्यून तथा मध्यमवर्गीय समाजमा उल्लेखनिय योगदान प¥याएको चर्चा गर्दै संस्थाले आगामी दिनहरुमा थप प्रगतीको लागि प्रयत्नरत रहने बताए ।

साधारण सभामा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी र भानु बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष राजिव खड्कालाई संस्थाले मायाको चिनो, दोसल्ला प्रदान गरेको छ् ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, प्रस्तावित आय–व्यय विवरण प्रस्तुत समेत गरिएको छ् । भानु उच्च माध्यमिक बिद्यालयमा संचालन भएको साधारण सभाका अतिथीमा माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, माहाकाली नगरपालिका नगर कार्यपालिका सदस्य पार्वती भट्ट, भानु बहुमुखी क्याम्पस माहाकालीका संचालक समिति अध्यक्ष राजिब खड्का, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रतिनिधी रुपेन्द्र बहादुर चन्द, उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र दोधाराका प्रमुख त्रिलोक चन्द, उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका कर्मचारी तथा उदयदेब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र दोधाराद्धारा गठित समुहहरुमा आबद्ध स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको भानु उच्च माध्यमिक बिद्यालयको प्रांगणमा संचालन भएको २१ औं वार्षिक साधारण सभा कार्यक्रम संचालन शंकर दत्त भट्ट रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here