सितलहरबाट प्रभावितलाई धनुषा चेम्बरको दाउरा तथा कम्वल वितरण

काठमाडौं, ६ पुस । धनुषामा लागेको सितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई धनुषा चेम्बर अफ कमर्सले दाउरा तथा कम्वल वितरण गरेको छ ।

जनकपुरधाम स्थित विभिन्न चोकहरुमा ८० क्वीन्टन दाउरा र १०१ थान कम्बल वितरण गरेको धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष बिजय साहले जानकारी दिए ।

यस बर्षको सितलहर तथा ठण्डीले जनकपुर धामका विपन्न र असाहाय वर्गलाई समस्यामा पारेको छ । राहत वितरण कार्यक्रम जनकपुर उप महानगरपालिकाका प्रमुख लाल किशोर साहको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त वितरण समारोहमा धनुषा चेम्बरका अध्यक्ष विजय साहले विपतमा परेका हरेक नेपालीलाई राहत उपलब्ध गराउनु हाम्रो कर्तब्य रहेको बताए ।

मेयर लाल किशोरले सितलहर र जोडेले पिडित यस स्थानकाका स्थानियलाई सहयोग गरेकोमा चेम्बरलाई धन्यवाद दिदै आगामी दिनमा हुन सक्ने समस्याको न्यूनिकरणका लागि चेम्बरको साथ हुनेमा आशा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here