शेयर बजारमा हरियाली,नेप्से १८ अंकले बढ्दा साढे ५९ करोडको कारोबार

काठमाडौं, ७ मंसिर । लामो समयपछि शेयरबजारमा हरियाली छाएको छ। साताको दोस्रो दिन सोमवार नेप्से परिसूचक १७.७७ अंकले बढेर १ हजार १ सय ६८.५८ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशत बढी हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स २.९४ अंकले बढेर २ सय ५४.५३ अंकमा पुगेको छ ।

सोमवार सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक बढ्यो । उत्पादन समुहको सूचक ५.११ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ४.८६ प्रतिशत, निर्जीवन बिमा समुहको ३.५८ प्रतिशत, जीवन बिमा समुहको ३.११ प्रतिशत बढ्यो भने अन्य समुहको पनिर राम्रै अंकले बढ्यो ।

सोमवार कारोबारमा पनि सुधार आयो । सोमवार १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा ५९ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै सिटीजन इन्भेस्टमेन्ट ट्रस्टका शेयर धनीले कमाए । सिटीजन इन्भेस्टमेन्टको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, हाइड्रोइलेक्टीसिटी इन्भेस्टमेन्ट तथा डेभलभमेन्ट कम्पनीको ९.९२ प्रतिशत, सापोर्ट लघुवित्त वित्तीय संस्थाको ९.८६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टको शेयर धनी छन् कम्पेन्टको शेयर मूल्य ७.०१ प्रतिशत घट्यो भने अन्य समुहका सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टले गर्यो । कम्पनीले ५ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here