टिभीएसको ‘एनटर्न १२५ रेस एडिसन’ नेपालमा सार्वजनिक, के-के छन् विशेषता

काठमाडौं, ९ पुस । टिभीएस मोटर कम्पनीले टिभीएस एनटर्न १२५ रेस एडिसन स्कुटर नेपालमा सार्वजनिक गरेको छ ।

बुधवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र टिभीएस स्कुटरकी ब्राण्ड एम्बेस्टर शोस्तिमा खड्काले संयुक्त रुपमा स्कुटरको उद्घाटन गरे ।

‘टिभीएस एनटर्क १२५ ले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ’ कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।’

के—के छ रेस एडिसनको विशेषता

रेस एडिसनमा एलइडी डिआएल र एलइडी हेडल्याम्प रहेको र यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्धारा इनेबल गर्न सकिने कम्पनीले बताएको छ ।

टिभीएस एनटर्क १२५ स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर रहेको र यो स्कुटर प्रदर्शन स्टाइल र प्रविधिको लागि उपयोगी रहेको कम्पनीको दाबी छ ।

एनटर्क १२५ मा स्टेट—अफ—आर्ट १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४—स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेटर गर्ने कम्पनीले बताएको छ । यो स्कुटर म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here