एभरेष्ट बैंकको ऋणमा घर किस्ता योजना, मासिक किस्ता ९,३६३ मात्रै

काठमाडौं, ९ पुस । एभरेष्ट बैंकले ऋणमा घर किस्ता योजना सार्वजनिक गरेको छ ।

‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता रु ९,३६३ मात्रको होम लोन ल्याएको बैंकले बताएको छ ।

यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँने कम्पनीको दाबी छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here