कार्यालयमा तनावमुक्त रहन अपनाउनुहोस् यी ५ तरिका

बाँच्नको लागि मानिसले जीवनमा कुनै न कुनै काम गरिरहेकै हुन्छन् । कार्यालयको काममा धेरै चाप हुँदा मानिसहरु तनावमा हुन सक्छन् ।

धेरै मानिसले काममा मात्रै धेरै ध्यान दिँदा आफ्नो स्वास्थ्य र खुशीलाई बेवास्ता गर्छन् । तर, हामीले केही उपायहरु अपनायौं भने कामको बीच पनि आफूलाई स्वस्थ र खुशी राख्न सक्छौं ।

कार्यालय दोस्रो घरभन्दा कम हुदैन, धेरैजसो समय मानिसको कार्यालयमा नै बित्ने गर्दछ । कार्यालयमा समय बिताउने क्रममा आफुलाई खुशी राख्नु अत्यन्त जरुरी हुन्छ ।

कार्यालयको काम गर्दै जाने क्रममा व्यक्तिलाई तनाव र मानसिक दबाब हुने गर्दछ । तनाव र मानसिक दबाब धेरै कारणले हुने गर्दछ । जस्तैः कार्यालयमा हाकिमले दबाब दिने, निश्चित समयमा काम पुरा गर्नुपर्ने, सहकर्मी विदामा हुँदा आफूले धेरै काम गर्नुपर्ने आदि प्रमुख छन् ।

कार्यालयमा आफुलाई खुसी राख्नको लागि वरिपरिको सबै वातावरणलाई परिर्वतन गर्न जरुरी हुन्छ । तर, कार्यालयको सबै वातावरण परिर्वतन गर्न असम्भव प्राय हुने भएकाले थोरै परिर्वतनले पनि तपार्इंलाई खुसी राख्न मद्दत गर्न सक्छ ।

यदि तपाईंले परिर्वतनका केहि सजिला तरिका जान्नुभयो भने आफुलाई खुसी राख्न त्यति धेरै मुस्किल पनि हुँदैन । साथै काम पनि राम्रो तरिकाले गर्न सक्नुहुन्छ ।

१. दिनको सुरुवात सकारात्मक सोचबाट गर्नुस्

कार्यालयमा जाँदा हरेक दिन नयाँ सुरुवात हुने भएकाले पुराना कुरालाई ध्यान नदिदै काम र दिनलाई राम्रो बनाउने तर्फ ध्यान दिँदा राम्रो हुन्छ ।

२. सहकर्मीहरुसँग कुरा गर्ने

धेरै मानिसहरुको लागि कार्यालयमा साथी बनाउन त्यति सजिलो हुदैन । तर, कार्यालयमा सबैसँग कुरा गर्न आवश्यक छ । साथी बनाउदा तपाईंलाई केहि फरक पदैन् साथै वरिपरिको वातावरणलाई राम्रो बनाईराख्न मद्दत समेत गर्दछ ।

३. टेबलमा आवश्यक सामग्री राख्ने

जब तपाईं खालि टेबलममा काम गर्नुहुन्छ त्यो राम्रो हुदैन । त्यसको लागि आफुलाई मनपर्ने सामग्रीहरु टेबलमा राख्ने, यसरि काम गर्नमा रमाईलो अनुभव हुन्छ । साथै तपाईंको सकारात्मक सोचमा पनि वृद्धि हुन्छ ।

४. आफ्नो वरिपरि फूल राख्ने

आफुलाई रचनात्मक र ताजा बनाउनको लागि वरिपरि फूलहरु राख्नुपर्छ । एक अध्ययन अनुसार वरिपरि फूलहरु राख्ने बानीको कारण तपाईंको मुड ताजा भैरहन्छ ।

५. कामको बीचमा विश्राम लिने

धेरै समय काम गरिसकेपछि बीचबीचमा आफुलाई खुसी राख्नको लागि ब्रेक लिनुपर्छ । उक्त समयमा गीत सुन्ने वा कसैसँग कुरा गर्ने गर्नुपर्छ ।

माथि उल्लेखित विधिहरुलाई प्रयोग गरेर तपाईं कामको बीचमा पनि खुशी हुन सक्नुहुन्छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here