काठमाडौंभित्र रहेका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट हटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं,१० पुस । गृहमन्त्री रामबहादुर थापाले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउन निर्देशन दिएका छन्।

बिहीबार गृहमन्त्रालयमा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्रीले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाईन लागेको बताए ।

बैठकले काठमाडौँ महानगरपालिकाभित्र तत्काल चारवटा समूह बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् निर्देशन दिइ कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

उक्त समूहले होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको वैठकले गरेको छ ।

यस्तै बैठकले अव्वस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here