एकैदिन प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, ११ पुस । छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

विहिवार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार प्रतितोला ५०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ७३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले नै बढ्यो ।

विहिवार प्रतितोला ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७३ हजार रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएन् ।

शुक्रवार चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here