किस्ता पर्खंदै भूकम्प पीडित, सवा पाँच लाखले लिए तेस्रो किस्ता

काठमाडौं, ११ पुस । घर निर्माण अन्तिम चरणमा पुर्‍याएर तेस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या सवा पाँच लाख नाघेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्‍याएका पाँच लाख २५ हजार २ सय १५ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका हुन् ।

तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या पाँच लाख ४७ हजार ६० पुगेको प्राधिकरणले जनाएको छ । उनीहरू निजी आवास अनुदानको तेस्रो किस्ता बापतको एक लाख रुपैयाँ लिनका लागि योग्य भइसकेका छन् ।

तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या भने पाँच लाख ४७ हजार ६० पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म छ लाख २१ हजार ४ सय ४३ लाभग्राहीले दोस्रो किस्ता लिईसकेका छन् भने छ लाख ३६ हजार ७ सय ६६ लाभग्राहीले दोस्रो किस्ताको लागि निवेदन दिएका छन् ।

भूकम्पप्रतिरोधी मापदण्ड अनुसार डीपीसी तहसम्मको निर्माण सम्पन्न गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउने प्रावधान छ ।

पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएका समेत गरी कूल लाभग्राहीको संख्या ८ लाख १६ हजार ५ सय ६० पुगेको छ जसमध्ये ७ लाख ८० हजार १ सय ६५ सँग अनुदान सम्झौता भइसकेको छ ।

यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८२ हजार ३ सय २३ घर बनिसकेका छन् । १ लाख ८९ हजार घर बनिरहेका छन् । यस अवधिमा २ खर्ब ९३ रुपैयाँ खर्च भइसकेको छ ।

गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । बाँकी काम पूरा गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

कुल ७ लाख ८० हजार १ सय ६५ वाट निजी निवास निर्माण गर्नुपर्नेमा हालसम्म ४ लाख ८२ हजार ३ सय २३ निजी निवास निर्माण सम्पन्न भईसकेका छन् भने १ लाख ८९ हजार ४१ निवास निर्माणको क्रममा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here