फुलचोकीमा बारम्बार किन हराउँछन् मानिस ?

काठमाडौं, १३ पुस । शनिबार ५ जना युवायुवती फुलचोकीमा हराएको खबर प्रहरीमा आयो । प्रहरीले टोली नै खटाएर उद्दारमा जुट्यो । केही समयमै उनीहरु फेला परे ।

२०७४ सालमा थसिखेलको अजय शिक्षा सदनमा पढ्ने १७ वर्षिया विद्यार्थी जोन तामागं फुलचोकी जंगलमा ६ दिनसम्म हराएका थिए । प्रहरीले ६ दिनपछि जंगलबाट उनको सकुशल उद्दार गरेको थियो ।

फुलचोकीमा पहिलो पटक ०७१ सालमा मानिस हराएको सूचना प्रहरीमा आएको थियो । त्यसपछि भने हरेक वर्ष थुप्रै मानिस फुलचोकीमा हराउन थाले । यो श्रृंखला हिउँद लागेसँगै हरेक वर्ष दोहोरिएको छ ।

फुलचोकी घना जंगलले घेरिएको काठमाडौं नजिकैको एक रमणीय स्थल हो । जहाँ हरेक दिन सयौं मानिस घुम्न कै लागि निस्कछन् । तर, पनि बारम्बार मानिस किन हराउँछन् ?

प्रहरीका अनुसार फुलचोकीमा मानिसहरु हराउन थालेपछि सूचना पाटी र रुट संकेत चिन्हहरु प्रशस्त राखिएका छन् । त्यसकारण अहिले नियमित रुटबाट आवतजावत गर्ने मानिसहरु यहाँ हराउन सक्ने सम्भावना छैन ।

तर, युवायुवती यस्ता संकेतलाई वेवास्ता गरी आफुखुसी हिड्दा बाटो बिराउने गर्छन् । गोदावरीमा प्रहरीका एक टोली नै खटिएको छ ।

फुलचोकी जानेहरुलाई प्रहरीले पनि आवश्यक परे ‘ब्रिफीगं’ दिन्छ र जानकारी गराउँछ ।

२०७५ सालमा मात्र फुलचोकीमा २० जना भन्दा धेरै मानिस हराएको सूचना प्रहरी समक्ष आएको छ ।

खासगरी केही जोडीहरु बनेर जंगलमा घुम्न निस्कने र भीडभाड हुने स्थानभन्दा एकान्त स्थान खोज्दै जाने युवायुवती यसरी हराउने गरेका छन ।

फुलचोकीबो बाटो अफ्ठयारो भएको स्थानमा खतराको चिन्ह राखिएको छ । हिँउ पर्ने समयमा यो अझै जोखिमपूर्ण पनि छ ।

फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो स्थान पाटन देखि करिब १० किलोमिटर दक्षिण पूर्वमा रहेको छ । समुद्री सतह देखि २,७६२ मी उचाईमा अवस्थित यो पहाड काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो चुचुरो पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here