जाडोमा हुने जोर्नी दुखाईलाई कसरी कम गर्ने ?

काठमाडौं । तापक्रम निरन्तर घट्दो क्रममा छ । जाडोसँगै हाम्रो जीवनशैली पनि परिवर्तन हुने गर्छ । जाडोमा विभिन्न खालका स्वास्थ्य समस्याहरु देखापर्ने गर्छ । त्यसैले जाडोमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।

बढ्दो जाडोसँगै नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । जीवनकालमा एक न एक पटक यो समस्याबाट पीडित नहुने मानिस कमै होलान ।

जाडोे मौसममा हुने जोर्नी सम्बन्धी समस्याबाट बच्नको लागि मानिसहरुले विभिन्न प्रकारका कामहरु गरिरहेका हुन्छन् । यसको लागि विभिन्न प्रकारका औषधीहरुको पनि सेवन गरिरहेका हुन्छन् ।

जाडो मौसममा विशेषगरि जोर्नीको दुखाईले अत्यधिक सताउँछ किनभने यो मौसममा मानिसहरु धेरै आराम गर्छन् र शारीरिक सक्रियता कम हुन्छ ।

त्यसो त सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएर पनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ ।

कसरी हुने स्वस्थ ?

नियमित रुपमा आफ्ना सबै जोर्नीहरु चलाउने

साईकलिङ वा अन्य कुनै माध्यमबाट दैनिक रुपमा आफ्ना शरीरका सबै जोर्नीहरुलाई चलाउनुपर्छ ।

यसो गर्दा जोर्नीहरुमा भएको दुखाई कम हुन्छ । यसका साथै हिड्दा पनि तपाईंलाई धेरै सहयोग गर्छ तर, यस्तो भन्दैमा धेरै छिटा भने हिड्नु हुँदैन् । जुत्ता लगाएर विस्तारै हिड्दा जोर्नीको दुदाई कम हुन्छ ।

ध्यूको प्रयोग

जुन स्थानमा दुखेको छ, त्यहाँ ध्यू, तेल वा जजैतुनको तेल लगाएर धेरैबेरसम्म मालिस गर्नुपछ । यसका साथै खस्रो शरीरलाई चिल्लो बनाउन यसले धेरै सहयोग गर्छ ।

योगा

जोर्नी दुख्ने समस्या भएका मानिसहरुले योगालाई आफ्नो दैनिकीमा सामेल गर्नुपर्छ । विशेषगरी योगामा ताडासन, वीरभद्रासन र दण्डासनले जोर्नीमा भएको दुखाईलाई कम गर्छ । यसका साथै यसले तपाईंको गतीलाई पनि परिवर्तन गर्छ ।

उचित खानपान

जार्नीको दुखाईको लागि उचित खानपान सबैभन्दा महत्वपुर्ण कुरा हो । सन्तुलीत भोजन सबैभन्दा महत्वपुर्ण हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ ।

हामी व्यायाम पनि कम गर्छौं । त्यसैल जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ ।करेला, भण्टा र नीम यस्ता मानिसहरुको लागि सबैभन्दा महत्वपुर्ण भोजन मानिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here