राहतमा जुटे गैरआवासीय नेपाली

काठमाडौं, १८ चैत । गैरआवासीय नेपाली संघले हावाहुरीका कारण मृत्यु र घाइते भएको घटनाप्रति गहिरो दुःख र समवेदना प्रकट गर्दै संघ प्राथमिक चरणको आवश्यक राहतका लागि जुटिसकेको जानकारी दिएको छ ।

यसका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद लगायत अभियान्ताहरुमा यस राहत कार्यका लागि तुरुन्त जुटन तथा सहयोग गर्न आग्रह समेत गरेको छ ।

आइतवार साँझको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने करोडौंको सम्पत्तिमा क्षति पुगेको छ ।

सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने आज निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here