फेरी पनि निर्धारित समयमा बनेन गौतमबुद्ध विमानस्थल, तीन महिना लम्बिने निश्चित

काठमाडौं, १६ पुस । भ्रमण वर्षको मुखमै संचालनमा ल्याएर २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्यसहित निर्माण थालिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरी पनि निर्धारित समयमा सम्पन्न हुन सकेन ।

आयोजना अब कम्तिमा तीन महिना लम्बिने पक्का भएको छ । आयोजना कार्यालयले म्याद थपका लागि केन्द्रिय कार्यालयमा अनुरोध गरेको छ ।

यसमा लगानी गरेको एसियाली विकास बैंक, नेपाल सरकार र चिनियाँ ठेकेदार कम्पनी पनि यसमा सकारात्मक रहेका कारण आयोजनाको अवधि कम्तीमा तीन लम्बिने पक्का भएको छ ।

यसले विमानस्थल संचालनमा आउन अझै ६ महिना भन्दा बढी समय लाग्ने छ । किनकी भा्रतिक संरचना निर्माण भएपनि त्यसमा अन्य व्यवस्थापकीय काम धेरै गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले अडिट गर्नुपर्छ । त्यसपछि मात्र विमानस्थलले मान्यता पाउँछ । भ्रमण वर्षमा खासगरी बुद्ध धर्मावलम्बीलाई यस विमानस्थलमा आकर्षित गर्न सकिने लक्ष्य थियो ।

तर, निर्माणमा भएको ढिलाईले यस विमानस्थलले भ्रमण वर्षलाई भने सोचेजती सहयोग नगर्ने निश्चित भएको छ । यो विमानस्थलको निर्माण १ माघ २०७१ सालबाट प्रारम्भ भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here