बुधबार काठमाडौंका यी रुटमा सवारी चलाउन नपाईने,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

फाइलफोटो

काठमाडौं, १६ पुस । सरकारले ‘भिजिट नेपाल २०२०’ भ्रमणवर्ष बुधबार देखि औपचारिक सुरुवात गर्दैछ ।

कार्यक्रमको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । पौने ५ घण्टासम्म हुने उद्घाटन समारोहमा नेपालका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।

उद्घाटन पूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाको अनुसार २ बजेपछि ठमेललगायत क्षेत्रबाट र्‍याली निस्किँदै छ । जसका कारण थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ ।

त्यसैले वैकल्पिक रुट प्रयोग गरेर यात्रा गर्न उनले सर्वसाधारणलाई सुझाएका छन् । ‘ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न विशेष आग्रह गरेको छ।

साथै यी क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी नचलाउन ट्राफिक प्रहरीले विशेष आग्रह गरेको छ। साथै त्यसका लागि बैकल्पिक रुट प्रयोग गर्न पनि भनेको छ । त्यस्तै सबै सर्वसाधारणको लागि टुँडिखेलमा पार्किङको व्यवस्था समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here