महाकालीको झोलुङ्गे पुलमा पर्यटकलाई स्वागत

दोधारा, १७ पुस । नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका लागि महाकालीको झोलुङ्गे पुलमा पर्यटकलाई स्वागत गरिएको छ ।

माहाकाली नगरपालिकाले महाकालीको झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई दोसल्ला तथा फुलमालाले स्वागत गरेका हो । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले महाकाली झोलुङ्गे पुल तथा माहाकाली नगरपालिकामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको बताएका छन् ।

नगर प्रमुख बिर बहादुर सुनारले पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि माहाकाली नगरपालिकाले महाकाली झोलुङ्गे पुल नजिक बिशेष कार्यक्रमको आयोजना गरि पर्यटकहरुलाई सम्मान तथा स्वागत गरेको बताएका छन् ।

एसियाकै दोस्रो लामो झोलुङ्गे पुलमा पर्यटक आगमनको चाप बढ्दै गईरहेको र आगामी दिनहरुमा महाकाली झोलुङ्गे पुल तथा माहाकाली नगरपालिकालाई पर्यटन क्षेत्रको रुपमा स्थापना गर्न माहाकाली नगरपालिका कार्यालयको योजना रहेको बताएका छन् ।

पर्यटकलाई माहाकाली नगरपालिकालाई ऐतिहासिक, धार्मिक, प्राकृतिक एव पौराणिक गन्तव्यमा पुर्‍याई नगरलाई पयटकिय रुपमा विकसित गराई आर्थिक विकास र सम्बृद्धिका कार्यक्रम ल्याईने सबैको प्रयास रहने बताईएको छ् ।

माहाकाली नगरपालिका कार्यालयको आयोजनामा महाकाली नदी स्थित रहेको झोलुङ्गे पुलमा एक कार्यक्रमको बिच नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको सभापतित्वमा संचालित नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य मान बहादुर सुनार रहेका थिए भने बिशिष्ठ अतिथीमा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए ।

आर्थिक सम्बृद्धि र दिगो विकासका लागि पर्यटन समेत महत्वपुर्ण भएकाले त्यस तर्फ माहाकाली नगरपालिका समेत रहेको कार्यक्रममा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बताएका छन् ।

यस क्षेत्रका प्रख्यात लोक परम्परागत छलिया नाच समेत प्रंस्तुत गरिएको थियो । महाकाली झोलुङ्गे पुल घुम्न आएका स्वदेशी तथा विदेशी नागरिकले माहाकाली नगरपालिका अति सुन्दर र रमणिय प्रकृतिक सौन्दर्यताका साथै साास्कृतिक विविधताले भरिभराउ नगर भएको चित्रण गर्दैै सम्मान भएकामा खुसी व्यक्त गरेका छन् ।

महाकाली झोलुङ्गे पुल हेर्न आउने स्वदेशी तथा बिदेशी गरि एक दर्जन भन्दा बढी पर्यटकलाई स्वागत तथा सम्मान गरिएको माहाकाली नगरपािलका वडा नं। ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here