संसारकै धनीलाई चुनौती दिँदै अम्बानी, के होला अमेजन र फ्लिपकार्टको भविष्य ?

काठमाडौं, १७ पुस । एसियाकै धनी व्यक्ति मुकेश अम्बानीले संसारकै धनी व्यक्ति जेफ बेजोसलाई चुनौती दिएका छन्।

बेजोसको अनलाइन सपिङ कम्पनी अमेजनलाई पछाडि पार्ने गरी अम्बानीको रिलायन्स इन्डस्ट्रिजले इ–कर्मश व्यवसाय(जियो मार्ट) सुरु गरेका हुन् । अम्बानी रिलायन्स इन्डस्ट्रिजको अध्यक्ष रहेका छन् भने उनको कुल सम्पत्ति ६० अर्ब डलर रहेको छ ।

उनको रिलायन्स जियो भारतको दोस्रो ठूलो टेलिकम सेवा प्रदायक कम्पनी हो, जसको ३६ करोड प्रयोगकर्ता रहेका छन् ।

बिबिसीका अनुसार जियो मार्ट सुरु गर्दै अम्बानीको इन्डस्ट्रिजले घरायसी र किराना सामान डेलिभरीको काम थालेको हो। उक्त व्यावसायले सपिङ कम्पनी अमेजनलाई भारतमा पछाडि पर्ने संकेत देखिएको छ ।

जिओमार्ट नाम दिइएको यो व्यवसाय रिलायन्स रिटेल र रिलायन्स जिओका लाखौं उपभोक्ता मार्फत् सञ्चालन गरिने कम्पनीको योजना छ।

इ–कर्मश साइटमा हाल ५० हजार किराना वस्तुहरु सुचिकृत गरिएका छन् । आफ्ना अन्य प्रतिस्पर्धीहरु भन्दा फरक जियो मार्टले स्थानिय किराना पसलहरुसँग सम्झौता गरेर त्यहाँबाट सामानहरु बेच्ने रणनिती बनाएको छ ।

जिओमार्टले निःशुल्क र चाँडो डेलिभरी दिने कम्पनीको दावी छ। यसमा हाल किराना सामानहरू मात्र छन् जहाँ ५० हजार भन्दा बढी आइटम सूचीकृत भइसकेका छन्।

जिओमार्टले स्थानीय पसलहरूसँग समन्वय गरेर उपभोक्तालाई एपका मार्फत् सामान उपलब्ध गराउने बताइएको छ। हाल भारतको इ-कमर्स बजारमा अमेजन र फ्लिपकार्टको प्रभाव सबभन्दा बढी छ।

अम्बानीको नयाँ कम्पनीले यी दुवैलाई पछि पार्ने लक्ष्य राखेको बताइएको छ। इ–कर्मश शुरुवाती अवस्थामा रहेको छ । यसको कुल कारोबार हाल ८७ करोड डलरको रहेको छ । यो सेवा अहिले भारतको कुल जनसंख्याको ०.१५ प्रतिशतले मात्र लिने गरेका छन् ।

तर, यो क्षेत्रका बिज्ञहरुले यो व्यवसायले छलाङ लगाउने अनुमान गरेका छन् । सन् २०२३ सम्ममा भारतमा अनलाइन किराना कारोबार १४ अर्ब ५० करोड डलरको हुने अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here