सुनको मूल्य हालसम्मकै महङ्गो, कति पुग्यो तोलाको ?

काठमाडौं, १८ पुस । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो कायम भएको छ ।

शुक्रवार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेसंगै सुनको मूल्य हालसम्मकै महङ्गो भएको हो ।

विहिवार प्रतितोला ७३ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्यमा शुक्रवार प्रतितोला एक हजार रुपैयाँ बढ्दै ७४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँ बढेको छ । विहिवार प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार २ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि बढ्यो ।

विहिवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार प्रतितोला १० रुपैयाँ बढ्दै ९०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here