राष्ट्रिय अनुसन्धान विभागमा रोजगारीको अवसर, एसएलसी पासले आवेदन गर्न सक्ने

काठमाडौं, १८ पुस । नेपाल सरकारको गुप्तर निकाय राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकका लागि दरखास्त आह्वान गरेको छ ।

यस सम्बन्धी विज्ञापन शुक्रवारको गोरखापत्रमा प्रकाशन गरिएको पदमा एसएलसी वा एसईई उत्तीर्ण नेपाली नागरिकले आवदेन दिन सक्ने छन्। १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवदन दिन पाउने विभागले जनाएको छ।

विज्ञापनमा जनाइए अनुसार विभागमा रिक्त रहेको सहायक सूचक(राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समाबेशीबाट आदिवासी जनजाति, मधेशी, महिला, दलित र पिछडिएका क्षेत्रबाट समेत गरी १०४ जना नियुक्त गरिने जनाइएको छ । विज्ञापनमा जनाइए अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सी. वा एस.ई.ई.उत्तीर्ण वा सो सरहको उपाधि प्राप्त गरेको ।

ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा जीपीए २ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए सम्बन्धित निकायबाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ।

विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर १ सय ५० रूपैयाँ लाग्नेछ। समावेशी समुहका लागि भने थप ३० रूपैयाँ लाग्नेछ। आवेदन दिनका लागि उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here