कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउ

काठमाडौं, २० पुस । कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरंगको रंगेली नगरपालिका २ का ४३ वर्षीय दीपक नेपाललाई पक्राउ गरेको हो ।

नेपाल नाईजेरियन र भारतिय कुख्यात ह्याकरसँग मिलेर लामो समय देखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने गरेका थिए ।

उनले योजना बनाई बनाई बिभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको रकम ह्याक गरेका थिए । पक्राउ परेका नेपालले ५ अर्बभन्दा बढी रकम ह्याक गरी निकाल्ने योजना बनाएको प्रहरीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here