एभरेष्ट बैंकको क्यालेण्डरमा नेपाल पर्यटन वर्षको प्रवद्र्धन

काठमाडौं, १८ चैत । एभरेष्ट बैंक लिमिटेडले विक्रम सम्बत् २०७६ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा र बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा बैंकको नयाँ वर्षको क्यालेन्डर विमोचन गरे ।

बैंकले आफ्नो सेवा सञ्चालन २५ पुगेको अवसरमा नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः को भाव सहित नयाँ वर्षको क्यालेन्डर ल्याएको बताएको छ ।

क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ ।

बैंकले क्यालेन्डर मार्फत नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने उद्देश्य रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here