सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घट्यो

काठमाडौं, २२ पुस । केही दिनयता रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य मंगलवार भने घटेको छ ।

मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो ।

सोमवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार ५०० रुपैयाँ घट्दै छापावाल सुनको मूल्य ७५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार २ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्यो ।

सोमवार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार २० रुपैयाँ घट्दै प्रतितोला ९ सय २० रुपैयाँ कायम भएको महसंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here