कसरी छुट्याउने ताजा र बासी माछा ?

काठमाडौं । नेपाल जस्तो कृषिमा आश्रित मुलुकका लागि कृषि क्षेत्रको विविधीकरणका लागि माछापालन एक महत्वपूर्ण साधन हुन सक्छ । मत्स्यपालनले ग्रामीण क्षेत्रहरूमा रोजगारी, उद्यमशीलता तथा आय आर्जनका अवसरहरू सिर्जना गरेको छ ।

माछापालनप्रति कृषकको संलग्नता दैनिक रूपमा बढिरहेको भए पनि अर्कातर्फ माछाको खपतलाई नेपालमा उत्पादित माछाले मात्र पर्याप्त उपलब्ध गराउन सकिरहेको छैन । यहाँ खपत हुने माछाको ठूलो हिस्सा भारतबाट आउने गरेको छ ।

त्यसैले हामीले माछाको उत्पादन बढाउन अब ध्यान दिनुपर्ने बेला भएको छ । नेपालमा उत्पादित माछाको अधिकांश उत्पादन तराईका जिल्लाहरूमा केन्द्रित रहे पनि नेपाल चिसोपानीको धनी देश भएकाले चिसोपानीमा हुने माछाको व्यावसायिक खेती गर्ने ठूलो सम्भावना पनि छ ।

कसरी छुट्याउने ताजा माछा

१ ताजा माछाको मुख जोडिएको हुन्छ, बासीको भने आँ परेको हुन्छ ।

२ कलेजो रातो भए त्यो माछा ताजा नै हुन्छ ।

३ माछाको गिल्स हेरेर पनि ताजा माछा थाहा पाउन सकिन्छ । गिल्स चम्किलो राता भयो भने माछा ताजा, सुकेको र कलेजी कलर भयो भने बासी हुन्छ । ।

४ माछाको कत्लाहरुमा हातले छाम्दा, हातमा केही नआएमा त्यो माछा ताजा र हातमा कत्ला आएमा त्यो माछा बासी हुन्छ ।

५ ताजाको माछाको आँखा सफा हुन्छ भने बासी माछाको आँखा धमिलो हुन्छ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here