‘फाइभ जी’ स्मार्टफोन भित्राउँदै भारत, नेपालमा कहिले ?

काठमाडौं,२४ पुस । भारतमा सन् २०२० भित्र नै ‘फाइभ जी’ स्मार्टफोन सार्वजनिक गर्ने तयारी थालेको छ ।

२०२० भित्र भारतमा ओपो, भिभो, सियाओमी र वन प्लस जस्ता स्मार्टफोन कम्पनीहरुले १५ देखि १८ वटा मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी थालेका छन् ।

भारतिय सञ्चार माध्यमहरुका अनुसार यसको लागि भारतिय टेलिकम कम्पनी र दूरसञ्चार विभागबीच छलफल भईरहेको छ ।

फाइभ–जी स्मार्टफोन बिक्री गर्नमा सामसुङ विश्वमै अगाडि

फाइभ-जी स्मार्टफोन बिक्री गर्नमा विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माणकर्ता सामसुङ अगाडी रहेको छ ।

दक्षिण कोरियाली प्राविधिक कम्पनी सामसुङले २०१९ मा मात्र आधा भन्दा बढी विश्वबजारमा सामसुङले ६७ लाख फाइभ–जी स्मार्टफोन विक्री गरेको थियो ।

गत मेमा लन्च गरेको ग्यालेक्सी एस–टेन फाइभ–जी मार्फत द्रुत गतिको नेटवर्कमा अत्याधिक लाभ उठाउँदै सामसुङ पहिलो भएको हो ।

सामसुङले ग्यालेक्सी सिरिज अन्र्तगत नोट टेन फाइभजी, नोट टेन प्लस फाइभजी, ए ९० फाइभजी र ग्यालेक्सी फौलड फाइभजीगरी चारवटा अन्य फाइभ–जी स्मार्टफोन सार्वजानिक गरिसकेको छ भने आइफोन निर्माणकर्ता एप्पलले भने २०२० को अन्त्यसम्ममा मात्र फाइभ–जी सँग सम्बन्धित प्रविधि ल्याउने बताएको छ ।

नेपालमा कहिले आउला ?

नेपालमा भर्खरै फोर जी विस्तार कार्य अन्तिम अन्तिम चरणमा पुग्दैछ । तर, नेपाल टेलिकमले अब विस्तारै फाइभ जी विस्तारको सम्भाव्यता अध्ययन सुरु गर्ने बताईरहेको छ ।

नेपालमा अबको एक वर्षमा मुख्य सहरहरुमा फाइभ जी विस्तार गर्न सक्ने सम्भावना देखिएको विज्ञहरुले बताएका छन् । फाइभ जी विस्तारसंगै फाइभ जी स्मार्ट फोनहरु पनि नेपालमा देख्न सकिन्छ ।

कति पर्ला मूल्य ?

भारतिय बजारमा फाइभ जी स्मार्ट फोनको न्यूनतम् मूल्य ३० हजार रुपैयाँ भारु तोकिएको छ । त्यसैले नेपालमा फाइभ जी स्मार्ट फोनको न्यूनतम् मूल्य ५० हजार रुपैयाँ पर्ने अनुमान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here