प्रतितोला ९०० रुपैयाँ घट्यो सुनको भाउ, कति छ तोलाको ?

काठमाडौं, २५ पुस । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

विहिवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार ९०० रुपैयाँ घट्दै छापावाल सुनको मूल्य ७४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला ९०० रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार ९०० रुपैयाँ घट्दै प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्यो ।

विहिवार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार १५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको महसंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here