जानकी फाइनान्सले २२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २५ पुस । जनकपुरस्थित जानकी फाइनान्सको २३औं बार्षिक साधारणसभाले २२ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको २३औं बार्षिक साधारणसभाले बोनस सेयरसम्वन्धी प्रस्ताव पारित गरेको हो ।

सभाले कर प्रयोजनका लागि चुक्ता पुँजीको १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थाको कारोबार ३ जिल्लाबाट बिस्तार गरी ८ जिल्ला कायम गर्ने निर्णय गरेको छ ।

जानकी फाइनान्स कम्पनी र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पास भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here