शुक्रबार राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण

काठमाडौं, २५ पुस । केही दिन पहिले देखिएको सुर्यग्रहणपछि शुक्रवार चन्द्रग्रहण लाग्दैछ ।

चन्द्रग्रहण नेपाली समय अनुसार रातको १० बजेर ५२ मिनेटबाट सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्ये हुने र राति २ बजेर ५७ मिनेटमा सकिने बताइएको छ ।

यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये यही शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो ।

यो चन्द्रग्रहणलाई ‘पेनम्ब्रल’ अर्थात उप छाया ग्रहण नाम दिईएको छ । चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छायाँमा पर्दा ‘पेनम्ब्रल’ चन्द्रग्रहण हुनेछ ।

यस ग्रहणको प्रष्ट्रसंग भने १ बजे देखिने बताईएको छ । यो समयमा चन्द्रमाको ९० प्रतिशत हिस्सा पृथ्वीमा पर्ने कारण चन्द्रग्रहण राम्रोसंग देख्न सकिन्छ ।

सन् २०२० मा कुल ६ वटा ग्रहण लाग्ने बताईएको छ । यसमा २ सुर्यग्रहण र ४ वटा चन्द्रग्रहण हुनेछन् । आजराति लाग्ने चन्द्रग्रहण पश्चात जुन ५, जुलाई ५ र ३० नोभेम्बरमा चन्द्रग्रहण लाग्नेछ ।

सुर्यग्रहण भने जुन २१ र डिसेम्बर १४ मा लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here