अष्ट्रेलियाको डढेलोः खरानी भयो ३० प्रतिशत जंगल, यसै साता ५० प्रतिशत पुग्ने

काठमाडौं । अष्ट्रेलियमा सन् २०१९ सेप्टेम्बरबाट फैलिएको डढेलोको कारण ३० प्रतिशत जंगल खरानी भएको छ । अबको एक हप्तामा ५० प्रतिशत जंगल खरानी हुने बताईएको छ ।

अष्ट्रेलियन पत्रिका टाइम पत्रिकाको अनुसार डढेलेको कारण न्यू साउथ वेल्सको ३० प्रतिशत जंगल खरानी भईसकेको छ भने यही हप्ता ५० प्रतिशत पुग्नेछ ।
यो क्षेत्रमा मात्रै १ करोड हेक्टर जमीन जलेर खरानी भएको बताईएको छ ।

हालसम्म यो डढेलोमा परेर २८ जनाको ज्यान गईसकेको छ भने ५० करोड भन्दा धेरै जनावरको ज्यान गईसकेको बताईएको छ ।

४९ डिग्रीसम्म पुग्यो तापक्रम

डढेलोको कारण यहाँको तापक्रममा पनि निकै वृद्धि भएको बताईएको छ । यो महिनामा अष्ट्रेलियन शहर सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको बताईएको छ । डिसेम्बरको अन्तीममा अष्ट्रेलियाको हरेक शहरको तापक्रम ४० डिग्री भन्दा धेरै पुगेको थियो ।

कस्तो छ अष्ट्रेलियाको वर्तमान स्थीति

शनिवार (११ जनवरी) अष्ट्रेलियाको तापक्रम केही कम थियो । जसको कारण फायरफाइटर्सहरुलाई केही राहत महशुस भयो । तर, अघिल्लो हप्ता तापक्रम झनै बढ्नै अनुमान गरिएको छ, जसको कारण झनै खतरा हुने अनुमान गरिएको छ ।

प्रशासनले भनेको छ ‘जबसम्म पानी पर्दैन् तबसम्म हामी पुर्ण रुपमा आगो निभाउन सक्दैनौ ।’ न्यू साउथ वेल्स (एनएसडब्ल्यू) मा हाल १२३ भन्दा धेरै स्थानमा आगो लागिरहेको छ ।

एनएसडब्ल्यू रुलर फायर सभिर्सका अनसार हालसम्म २ हजार भन्दा धेरै घर जलिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here