सिन्धुलीमा महिन्द्राको थ्रीएस सुविधा सहितको शोरुम

काठमाडौं, २७ पुस । अग्नि ग्रुपले प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।

महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले आइतबार संयुक्त रुपमा उद्घाटन गरे ।

आइतवार उद्घाटन गरेको स्वरुम यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम भएको कम्पनीको दाबी छ ।

यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप, ट्रयाक्टरसहितका सबै उत्पादनहरू उपलब्ध हुने कम्पनीले बताएको छ ।

यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here