उपत्यकामा दैनिक कति पर्छन् मापासे कारबाहीमा ?

काठमाडौं, २७ पुस । उपत्यकामा दैनिक सय जनाको हाराहारीमा सवारीचालक मादकपदार्थ सेवन (मापसे) कारबाहीमा पर्ने गरेका छन् ।

महानगरीय ट्राफिक महाशाखाको तथ्यांक अनुसार उपत्यकामा मात्रै दैनिक ९३ जना मापसे कारबाहीमा पर्ने गरेका हुन् । मापासे बिरुद्दको कारवाही २०६८ मङ्सिर १७ गते बाट सुरु भएको हो ।

नेपाल प्रहरीले मापासे बिरुद्ध को कारवाहीलाई सफल आभियानको रुपमा लिदै आएको छ । मापासे गरेर सवारी चलाए ५ सय देखि १५ सयसम्म जरिवाना र अनिवार्य रुपमा मापासे कक्षा लिएर मात्र छाड्ने गरेको छ ।

फुटपाथमा पार्किङ गर्ने २ सय ३ सवारीसाधन कारबाहीमा

आइतबार एकै दिन काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानका फुटपाथमा पार्किङ गर्ने २ सय ३ सवारीसाधन कारबाहीमा परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पैदलयात्रीका लागि व्यवस्था गरिएको फुटपाथमा पार्किङ गर्ने ती सवारीसाधनमाथि कारबाही गरिएको हो।

उक्त दिन उपत्यकामा कूल १ हजार ९ सय ४६ ट्राफिक कारबाही भएका थिए। जसमा लेन मिचेर सवारी चलाउने १ सय २५, अनधिकृत पार्किङका सवारीमा ह्विल लक १ सय १६, सिसिटिभीमार्फत निगरानी गरी ७४, भाडाका कार/ट्याक्सी ४२, जेब्राक्रसिङमाथि सवारी रोक्ने तथा अन्य १ हजार १ सय ७८ कारबाही भएको महाशाखाले जनाएको छ।

हर्न कारबाहीमा दैनिक ४५ जना

महाशाखाको तथ्यांक अनुसार हर्न कारबाहीमा दैनिक ४५ जना भन्दा धेरै पर्ने गरेका छन् । नेपालमा २०७४ बैशाख १ गतेबाट हर्न निषेधीत क्षेत्र घोषणा गरेपनि त्यो कार्य हालसम्म पनि कार्यन्वायनमा आउन सकेको छैन् ।

महाशाखाले निषेधीत क्षेत्रमा हर्न बजाउने सावरी साधनलाई ५ सय देखि १५ सय सम्म जरिवाना तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here